TRENDING

केहि प्रदेशमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका पहाडी भू – भागमा आंशिक बदली रही बाँकी भू – भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भू – भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू– भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू–भागहरूमा तुवाँलोको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।