

काठमाडौँ । नेपालबाट सेनिटरी प्याडको निर्यात २१९.२० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष साउनदेखि फागुनसम्म १ करोड ७८ लाख ७४ हजार रुपैयाँ बराबरको ६३ लाख ६४ हजार १२४ वटा प्याड निर्यात भएको थियो भने चालु आर्थिक वर्ष सोही अवधिमा ५ करोड ७० लाख ५५ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ९८ हजार ४४४ वटा निर्यात भएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले करमा ९० प्रतिशत छुट दिँदै आयातलाई नै प्रोत्साहन गरेको थियो । यद्यपि आयात घट्न गई निर्यात बढेको छ । पछिल्ला पाँच वर्षको तुलनामा यस वर्षको निर्यात उच्च रहेको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७६÷०७७ मा ८९ लाख ७९ हजार रुपैयाँ बराबरको प्याड निर्यात हुँदा आर्थिक वर्ष ०७७÷०७८ मा १ करोड ५ लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।
गत आर्थिक वर्ष साउनदेखि फागुनसम्म ८४ करोड २६ लाख ७८ हजार बराबरको ९ करोड ८९ लाख ४४ हजार ६३८ वटा प्याड आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ५७ करोड ५६ लाख ९७ हजार बराबरको ६ करोड २९ लाख ६२ हजार ६३१ वटा आयात भएको विभागले जनाएको छ । स्वदेशमै उत्पादन बढ्दा सेनिटरी प्याडको निर्यात बढ्न गई आयात समेत केही मात्रामा घट्न गएको हो ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७