TRENDING

काठमाण्डौसहित धेरै ठाउँमा तुवाँलो, तराईमा तीव्र गतिमा हुरी चल्ने सम्भावना

काठमाण्डौ । काठमाण्डौसहित धेरै ठाउँमा तुवाँलो लागेको छ । प्रदूषण बढेकाले तुवाँलो लागेको हो ।

देशका धेरै ठाउँमा आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको छ । यस्तै, गाडीबाट निस्कएको धुवाँका कारण वातावरण प्रदूषित भएको छ । केही दिनदेखि पानी नपरेकाले प्रदूषण वाुमण्डलमा थुप्रिएर बस्दा तुवाँलो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार एक दुई दिन अझै पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।

प्रदूषण मापन सूचक एक्यूआईको मात्रा अहिले काठमाण्डौमा उच्चतम २ सय ४४ पुगेको छ । भक्तपुरमा २ सय २७ छ । त्यस्तै हेटौडामा पनि १ सय ७२ छ । तुलसीपुरमा १ सय ७० रहेको छ । अन्य शहरमा पनि प्रदुषण बढेको छ । यसैबीच, आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरिएको छ ।

दिउँसो र बेलुकीपख तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना छ । केही दिनदेखि पानी नपरे पनि प्रि मनसुनको समय भएकाले दिउँसोपछि मेघगर्जन र चट्याङ भने पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।