TRENDING

सिन्धुली र बैतडीको छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । गए राति भएको सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ स् ३० बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेका छन् । राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन ।

कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन । एक जना गम्भीर घाइते छन् ।

त्यस्तै बैतडीको खोडपे–बझाङ जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका(८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।