

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सम्पूर्ण तागत अब अर्थतन्त्रलाई गति दिनमा केन्द्रित रहने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष दाहालले आफूले सरकारको नेतृत्व गरेदेखि नै अर्थतन्त्र सुधारका लागि ध्यान दिएको बताए ।
हामी अहिले बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा छौं, प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि निजी क्षेत्रका धेरै सुझाव संकलन गरिएको छ’ दाहालले भने ‘अहिलेका समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रबीच धेरै छलफल भएको छ । अब सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुनेछ ।’ तरलता, राजस्व र रेमिट्यान्समा सुधार ल्याउन सरकारले प्रयास गरेको दाहालले बताए । ब्याजदर कम गर्नेबारे, राजस्व संकलन बढाउनेबारे सरकारका निकायहरुसँग घनिभूत छलफलमा रहेको उनको भनाइ छ ।
विगतका तीन महिनामा अर्थतन्त्रका केही सूचकहरुमा सुधार आएको दाहालले बताए । ‘अहिले रेमिट्यान्समा सुधार आएको छ, विदेशी मुद्राको सञ्चिति सन्तोषजनक मात्रै होइन, विस्तारै उत्साहजनक अवस्थामा पुगेको छ,’ उनले भने । अर्थतन्त्र संकटमै जाने हो कि भन्ने शंका विगतमा देखिएको तर अहिले शंकाबाट सुधारतर्फ जाँदै गरेको दाहालले टिप्पणी गरे । निजी क्षेत्रले अर्थतन्त्रमा खेल्दै आएको भूमिका प्रति पनि उनले प्रशंसा गरे ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७