

धनगढी । कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा गोदावरी नगरपालिका – २ की २८ वर्षीया सुत्केरी लक्ष्मी भट्टराई र शिशुको मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले मंगलबार पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
सोमबार सुत्केरी र शिशुको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका आफन्त र स्थानीयले घटनाको छानबिन गर्न समिति गठन गर्ने, मृतकका परिवारलाई गोदावरी नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपनि कार्यान्वयन नगरिएको भन्दै मंगलबार पुनः राजमार्ग अवरुद्ध गरेका हुन् ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देबेन्द्रबहादुर पालले पूर्वपश्चिम राजमार्गमा स्थानीय प्रर्दशनमा उत्रिएपछि सवारीसाधन चल्न नसकेको बताउँदै अवरोध खुलाउने प्रयास भइरहेको जानकारी दिए ।
पालले घटनाको छानबिनका लागि समिति गठन गर्ने तयारीसमेत अघि बढेको बताए । स्थानीयले अत्तरियामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७