TRENDING
होमपेज
राष्ट्रिय पुरुष हक्कीको उपाधि आर्मीलाई


विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । सोमबार राति विराटनगरमा भएको खेलमा साविक विजेतासमेत रहेको आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल फरकमा पराजित गर्दै उपाधि जितेको हो ।
आर्मीले प्रतियोगिताको उद्घाटन खेलमासमेत पुलिसलाई पराजित गरेको थियो । पहिलो संस्करण गण्डकी र दोस्रो संस्करणमा लुम्बिनीले उपाधि जितेको थियो ।
लिग चरणमा सहजै जित निकालेको आर्मीलाई फाइनलमा जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । खेलको ४१औं मिनेटमा आर्मीका काशीराज राईले गरेको गोल नै निर्णायक बन्यो । म्यान अफ द म्याच आर्मीका नितिज न्यौपाने भए ।
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७