

अस्ट्रेलिया । मध्यरात हुनैलाग्दा एक पटक फुटबल प्रशिक्षक मेघराज केसीले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए, ‘नेपालका सबैभन्दा उत्कृष्ट गोलरक्षक एलन न्यौपाने हुन् ।’ यो ठीक तीन वर्षअघिको प्रसंग हो, त्यसको केही समयपछि नै नेपाल र च्यासल युथ क्लबबाट खेल्दै गरेका एलन अस्ट्रेलिया लागेका थिए ।
एक दशक नेपाली राष्ट्रिय टोलीको गोलपोस्टमा किरण चेम्जोङको दबदबा छ, जसका कारण अन्य राम्रा गोलरक्षकले पनि विरलै मौका पाएका छन् । नेपाली टोलीको बेन्च राम्रैसँग तताएका एलन एकाएक विदेशिएका थिए । उनीसहित विकेश कुथुले नेपाली टोलीको पहिलो रोजाइको गोलरक्षक बन्न किरणसँग ठूलो प्रतिस्पर्धा गरेका थिए ।
मार्च दोस्रो साता उनै एलनसँग मेलबर्नमा भेट्ने अवसर जुर्यो । डेरेबिन इन्टरनेसनल स्पोर्टस् सेन्टरमा यती एफसीले आयोजना गरेको १२ औं कँडेल कन्सेल्टेन्सी कप फुटबल प्रतियोगितामा । पछिल्लो समय नेपालबाट आएका राष्ट्रियस्तरका ४० भन्दा बढी खेलाडी नेपाली समुदायका क्लबबीच भइरहेको यो प्रतियोगितामा खेलिरहेका थिए । नेपाली खेलाडी मेलबर्नको उक्त प्रतियोगिता खेल्ने क्रममा जम्मा हुँदा पहिलो पटक राष्ट्रिय टोली सम्हाल्न कुनै विदेशी प्रशिक्षक आउँदा तीन दर्जनभन्दा बढी खेलाडी बन्द प्रशिक्षणमा डाकिएजस्तै माहोल झल्कन्थ्यो ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७