TRENDING

भारतमा एकैदिन ६ हजारभन्दा बढीमा कोरोना संक्रमण, २०३ दिनयताकै उच्च

काठमाडौँ । भारतमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा रहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा भारतमा थप ६ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ । भारतमा २०३ यताकै उच्च संक्रमण पुष्टि भएको हो । यसअघि गत वर्ष सेप्टेम्बर १६ मा एकदिनमा ६ हजार २ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसअघि बिहीबार भारतमा ५ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा कोरोनाबाट भारतमा १४ जनाको मृत्यु भएको छ ।पछिल्लो समय भारतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी।१।१६ फैलिइरहेको छ । भारतमा जनवरीमा पहिलो पटक उक्त भेरियन्ट देखिएको हो । त्यसयता भारतमा संक्रमण फैलिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।