

काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पन्जाब किंग्सले लगातार दोस्रो जित निकालेको छ । गएराति गुवाहाटीमा भएको खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ५ रनले हरायो ।
पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९२ रन मात्रै बनाउन सक्यो । उसका कप्तान सन्जु स्यामसनले ४२ तथा सिम्रोन हेटमायरले ३६ रन बनाए । पन्जाबका नाथन एलिसले ४ तथा अर्शदिप सिँहले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । पन्जाबका कप्तान शिखर धवन सर्वाधिक ८६ रनमा अविजित रहे । त्यस्तै प्रभसिमरन सिंह ६० रनमा आउट भए । सिंहको आईपीएल क्रिकेटमा यो पहिलो अर्धशतक हो ।
राजस्थानका जेसन होल्डरले २ विकेट लिए । रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले एक÷एक विकेट लिए । पन्जाब ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलमा समान ४ अंक नै रहेको गुजरात टाइटन्स शीर्ष स्थानमा छ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७