

हेटौंडा । वाग्मती प्रदेशमा सरकारलाई पूर्णता दिन आज गठबन्धन दलहरुको निर्णायक बैठक बस्दैछ। मुख्यमन्त्री शालिकराम जम्कट्टेल, संसदीय दलका नेताहरू र कार्यदलका सदस्यहरूबिच आज मन्त्रिपरिषद् पुनःगठनका लागि निर्णायक बैठक बस्न लागेको कार्यदलका सदस्य रत्न प्रसाद ढकालले जानकारी दिए।
कार्यदलका सदस्य ढकालले सरकार गठनका लागि दलहरु सहमति नजिकमा पुगेको बताउँदै आज पुनः एक पटक छलफल गरेर भोलिसम्ममा सरकारलाई पुर्णता दिने बताए। ढकालका अनुसार मुख्यमन्त्री जम्मकट्टेलले आज नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीसँग छुट्टाछुट्टै छलफल गरेर भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए।
यसअघि पाँचौपटक सम्म बसेका बैठक निष्कर्षबिहीन हुँदै टुंगिएको थियो। आज छैटौंपटक बैठक बस्न लागेको हो। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाडेपछि रिक्त भएका सात मन्त्रालयको टुंगो लगाउन गएको मंगलबार ७ सदस्यीय कार्यदल गठन गरिएको थियो। तर, मन्त्रीका आकांक्षी धेरै हुँदै सरकारलाई पूर्णता दिन मुख्यमन्त्रीलाई सकस परेको हो।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७