

काठमाण्डौ । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि सुदूरपश्चिम क्षेत्रका सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा सङ्क्रमित भेटिन थालेपछि परीक्षणमा कडाइ गरिएको बताए। यो महिना लागेपछि अहिलेसम्म भारतबाट फर्किएका ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण भइरहेको जोशीले बताए । नाकामा हेल्थडेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।
नयाँ वर्ष वैशाख १ गते नजिकिएसँगै कामका लागि भारत गएकाहरु फर्किन थालेका छन् । सङ्क्रमणको जोखिम रहेकाले उनीहरुको स्वास्थ परीक्षण हुन थालेको हो ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७