TRENDING
होमपेज
चार हजारभन्दा बढी अफगान शरणार्थी घर फर्किए


काबुल । इरानबाट चार हजार तीन सय २७ जना अफगान शरणार्थी घर फर्किएका छन् । दुई साताअघि छिमेकी राष्ट्र पाकिस्तानबाट पनि तीन हजार अफगान शरणार्थी घर फर्किएका थिए ।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आज जारी विज्ञप्तिअनुसार बितेका छ महिनामा तीन लाख शरणार्थी इरानबाट स्वदेश फर्केका छन् । अफगानिस्तानमा शरणार्थी फिर्तीको प्रक्रिया जारी छ । इरान र पाकिस्तानमा दर्ता भएका २५ लाखभन्दा बढी अफगान शरणार्थीले आश्रय लिँदै आएका छन् ।
अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गरिरहेको छ । देशको शासन सम्हालेपछि तालिबान सरकारले मातृभूमिको सेवामा आउन उनीहरूलाई आग्रह पनि गर्दै आएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७