

काठमाडौ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले भुटानसँग पहिलो पटक बराबरी खेलेको छ।
मंगलबार दशरथ रंगशालामा भएको प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटान ले १(१ गोलको बराबरी खेलेका हुन्।
नेपालले यसअघि खेलेका सबै अन्तर्राष्ट्रिय खेलमा नेपालले भुटानलाई पराजित गरेको थियो।
तर पहिलो पटक नेपाल भुटानसँग बराबरी खेल्न बाध्य भयो। मंगलबार खेलको अन्तिम अवस्था सम्म १(० ले पछि परेको नेपालका लागि ९० औं मिनेटमा दिपकराज सिंह ठकुरीले बराबरी गोल फर्काउँदै नेपालको हार टारेका हुन्।
सिनियर स्तरमा पहिलो पटक बराबरीमा रोकिएको नेपाल उमेर समूहका खेलमा भने भुटानसँग हारेको इतिहास छ।
बराबरी खेलेर पनि नेपाल कपको फाइनलमा पुगेको छ। अब नेपालले चैत १७ गते लाओससँग फाइनल खेल्नेछ।
सुरूदेखि नै नेपालमाथि दबाब कायम गरेको भुटानले १९औं मिनेटमा गोल गरेको थियो।
कर्नर बलमा हेडमार्फत तेन्जिङ नोर्बुले गोल गरेका हुन्। पहिलो हाफमा नेपालले कुनै गोल गरेको थिएन। दोस्रो हाफमा मात्रै नेपालले गोल फर्काएको हो।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७