TRENDING

सगरमाथा क्षेत्रबाट जापानका एक जना नागरिक तीन दिनदेखि बेपत्ता

सोलुखुम्बु । सगरमाथा क्षेत्र भ्रमणमा रहेका जापानका एक जना नागरिक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका ५४ वर्षका हितोशी इशिबा गएको सोमवारदेखि बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कम्पनी र गाइडविना नै एक्लै भ्रमणमा आउनुभएका हितोशी सम्पर्कविहीन हुनुभएको खबर दूतावासमार्फत् प्रहरीमा आएको जनाइएको छ । उहाँ गएको ९ गते खुम्बुको मन्जो चेकपोष्ट गएको अभिलेख भेटिएको छ ।