TRENDING

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

धादिङ थाक्रे गाउँपालिका् ७ राम्चेस्थित सडकमा बा.२ क ४७०० नम्बरको टिपर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा टिपर चालक राम्चे बस्ने ३० वर्षीय अन्जन तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो।

महोत्तरी, मटिहानी नगरपालिका ६ जलसागरस्थित सडकमा प्र २०२००५ प ९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका ७ बस्ने २४ वर्षीय राजा मण्डलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेक्सलाइट हस्पिटल जिरोमाइल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।