

मुगु । मुगुमकार्मारोङ–२ डोल्फुका फुन्जोङ तामाङलाई ५ जनाको परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन हुन्छ । पाँच वर्षअघिसम्म नुन लिन भोट (चीनको तिब्बत) जाने उनी कोरोना महामारीका कारण भोट बन्द भएपछि दुई दिन हिँडेर गमगढी आउने गरेका छन् ।
मुगु सदरमुकाम गमगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको डिपोमा नुन किन्न लामबद्ध स्थानीय । तस्बिर स् राजबहादुर शाहीरकान्तिपुर
‘गाउँमा अन्नभन्दा चर्को छ नुनको भाउ,’ उनले भने, ‘अन्न त बरु बारीमै उब्जाएर पनि खाइन्छ, नुन खोज्न पुस्तौंदेखि सास्ती भोगिरहेका छौं ।’
नुन डिपो सदरमुकाम गमगढीसहित सोरु र खत्याड गाउँपालिकामा भए पनि तिब्बत सीमाको मुगमकार्मारोङमा छैन । त्यस गाउँपालिकाको चितै, डोल्फु, कार्ती, किम्रीलगायत गाउँका बासिन्दा नुन लिन सदरमुकाम आउन बाध्य छन् ।
सदरमुकामस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालयले आयोडिनयुक्त नुन प्रतिव्यक्ति ५ किलो बिक्री गर्छ । ‘दुई दिन हिँडेर सदरमुकाम आई एक दिन लाइन बसेर घर फर्किंदा ५ दिन लाग्छ,’ चितैका तोर्च तामाङले भने, ‘डिपोमा ५ किलो नुन लिन पनि कम्तीमा ५ हजार रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ ।’
सदरमुकाममा नुन लिन आउँदा होटलमा बस्नुपर्ने अवस्था रहेको उनले बताए । डिपो खोल्न कसैले ध्यान नदिएको उनले गुनासो गरे । ‘कि नुनबिनै खाना खानुपर्यो, नत्र गमगढी आउनुको विकल्प छैन,’ उनले भने, ‘डिपोमा दिनभरि लाइन बस्नुपर्छ, हामीलाई ५ किलो नुन लिन पनि ठूलो दुःख छ ।’
मुख्य समाचारबाट थप समाचार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७