

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले भोट हाल्नेछन्।
सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा ९एमाले०का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरेका थिए। सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा नेकपा एमाले बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन् ।
निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ ।
संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्य समाचारबाट थप समाचार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७