

काठमाडौ । उपभोक्ताले दूधको मूल्य प्रतिलिटर ९७ देखि १ सय रुपैयाँसम्म तिर्नुपर्ने भएको छ। दुग्ध विकास संस्थान ९डीडीसी०ले ११ र निजी क्षेत्रले १४ रुपैयाँ मूल्य बढाएका हुन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा मूल्य बढाएको संस्थानका महाप्रबन्धक सञ्जीव झाले बताए। मन्त्रिपरिषद्ले खरिद मूल्य बढाएपछि संस्थानले बिहीबारदेखि लागू हुने गरी समायोजन गरेको हो। प्रतिलिटर ८६ रुपैयाँमा उपभोक्ताले पाइरहेको डीडीसीको दूध अब ९७ रुपैयाँमा किन्नुपर्नेछ। निजी क्षेत्रको भने १ सय रुपैयाँ तिर्नुपर्ने भएको छ।
सरकारले २०७८ साल माघमा मूल्य समायोजन गरेको थियो। ‘कृषकको लागत बढ्यो’, महाप्रबन्धक झाले भने, ‘दूध उत्पादन व्यवसायले उत्थान नहुने, व्यवसाय छोड्ने देखिएकाले कृषकलाई संरक्षण, सुरक्षित राख्न केही समयअघि मूल्य बढाइएको थियो।’
मन्त्रिपरिषद्को बैठकले किसानबाट ५६।४ रुपैयाँमा खरिद गर्दै आएकोमा बढाएर ६५ रुपैयाँ कायम गरेको थियो। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले मूल्यवृद्धिको असर कृषि क्षेत्रमा परेको बताए। डेरी क्षेत्रमा दिनदिनै लगानी बढ्दै गइरहेको उनको भनाइ छ।
मुख्य समाचारबाट थप समाचार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७