TRENDING
होमपेज
हेटौडामा गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु


मकवानपुर । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
बुधबार बिहान नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१च ६९४३ नंको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
गाडीको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो। लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
महिलाको शव हाल अस्पतालमै राखिएको छ। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
मुख्य समाचारबाट थप समाचार
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७