

काठमाडौं ।अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ । कुरा गर्दै अभिनेत्री सिवाकोटीले दुई महिनाअघि कानुनी रुपमै आफूहरु अलग भएको बताइन् ।
गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो । विवाहलगत्तै वर्षा अमेरिका पुगेकी थिइन् । नेपाल फर्किएलगत्तै सामाजिक सञ्जालमा एकले अर्कोलाई अनफलो गरेपछि यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो ।
छिटो विवाह गर्दा एकले अर्कोलाई बुझ्न नसकेको र असमझदारी भएको वर्षाले बताइन् । ‘परिवारको तर्फबाट मागेर छिटो विवाह गरियो । एकअर्कालाई बुझ्न सकिएन । असमझदारी भयो,’ उनले भनिन्, ‘दुई महिनाअघि हामी कानुनी रुपमा अलग भयौं ।’
आशिषले सोमबार झापाकी समीक्षा विमली नामकी एक युवतीसँग विवाह गरेका छन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७