

काठमाडौ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले सङ्घीयताका विरुद्ध यही चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियान अन्तर्गत सभा र कोणसभाहरू गरिने जनमोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुटवलमा सम्पन्न भएको जनमोर्चाको राष्ट्रिय परिषदको प्रथम बैठकले चैत २४ गते देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ” भन्ने मूल नाराका साथ जनआन्दोलन दिवस मनाउने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले आगामी वैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन तथा भेला गर्ने तय गरेको छ । असोज महिनामा देशव्यापी रूपमा एक महिने सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।
बैठकले वैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इशाईकरणका विरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय पनि गरेको छ । जसअनुसार राष्ट्रिय जनमोर्चाले केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मुख्य समाचारबाट थप समाचार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७