

मानिसको शरीरमा असल र खराब गरी दुई किसिमका जीवाणु हुन्छन् । असल जीवाणस खराबसँग लड्न मद्दत गर्छ । असल जीवाणुमध्येमा पर्छ प्रोबायोटिक ।
प्रोबायोटिक राम्रो जीवाणु भएको खानेकुरा हो । जसले प्राकृतिक पाचन रस र इन्जाइमलाई उत्तेजित गरेर पाचन अंगलाई राम्रोसँग काम गर्न मद्दत गर्छ । हाम्रो पाचन प्रणालीमा विभिन्न प्रकारको सूक्ष्म जीवाणु ‘माइक्रो फ्लोरा’ जन्मजात नै हुन्छ । जसले खानेकुरा पचाउन, हाम्रो पाचन प्रणाली सफा गर्न र सञ्चालन गर्न सहयोग गर्छ ।
हाम्रो शरीरमा भएको सूक्ष्म जीवाणुले राम्ररी काम नगरेको अवस्थामा बाहिरी खाद्यपदार्थमार्फत शरीरमा गएर त्यो सूक्ष्म जीवाणुलाई राम्ररी काम गर्न सहयोग गर्ने जीवाणु नै प्रोबायोटिक हो । पाचन प्रणालीलाई सक्रिय बनाउन यसले मद्दत गर्छ ।
कसरी बन्छ ?
प्रोबायोटिक जीवन्त जीवाणु हुन्, जुन प्रायः प्राकृतिक रूपमा दहीमा पाइन्छ । ‘ल्याक्टिक एसिड’ जीवाणुले दूधबाट दही बन्छ र त्यो खाद्यपदार्थमा राम्रो जीवाणु प्रोबायोटिक पनि हुन्छ । प्रोबायोटिकको मुख्य स्रोत दही हो । साथै गुन्द्रुक, सिन्की, किम्ची, अचार पनि प्रोबायोटिकको स्रोत हो ।
खानेकुराबाट नै प्रोबायोटिक मिल्छ
मुख्यतया खानेकुराबाट नै हामीलाई प्रोबायोटिक मिल्छ । हाम्रो शरीरमा भएको सूक्ष्म राम्रो जीवाणु म्याक्रो फ्लोरको साथीको रूपमा प्रोबायोटिक्सलाई लिन सकिन्छ । जसले शरीरमा खाना पचाउन सहयोग गर्ने राम्रो सूक्ष्म जीवाणुलाई सक्रिय बनाउँछ ।
पाचनमा कसरी सहयोग गर्छ ?
प्रोबायोटिकको सेवनले आन्द्राको माइक्रोबायोमको सन्तुलन कायम राख्छ । साथै शरीरमा प्राकृतिक एन्टीबडीको उत्पादन पनि बढ्छ, जसले धेरै प्रकारका रोगबाट बच्न मद्दत गर्छ । प्रोबायोटिकले रोगप्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणालीमा भएको हानिकारक जीवाणुलाई कम गर्न र राम्रो जीवाणुलाई सक्रिय बनाउन सहयोग गर्छ । प्रोबायोटिकले शरीरमा भएको राम्रो सूक्ष्म जीवाणुलाई सक्रिय बनाएर पाचन प्रक्रियालाई सहज पनि बनाउँछ ।
प्रोबायोटिक नभए के हुन्छ ?
प्रोबायोटिकले शरीरमा भएको राम्रो सूक्ष्म जीवाणुलाई सक्रिय राख्न सहयोग गर्छ, जसले गर्दा हाम्रो पाचन प्रणाली राम्ररी हुन्छ । त्यसैले प्रोबायोटिक भएन भने हामीले खाएको खाना राम्ररी नपच्ने, ग्यास्ट्रिक हुने, कब्जियत र पखाला लाग्ने जस्ता समस्या देखा पर्न सक्छ ।
प्रोबायोटिकका लागि सप्लिमेन्ट लिनु जरुरी हुँदैन
प्रोबायोटिकका लागि हामीले अतिरिक्त खुराक लिनुपर्ने जरुरी हुँदैन । किनकि हाम्रो देशमा प्रोबायोटिक पाइने खाद्यपदार्थ प्रशस्त मात्रामा पाइन्छ । दही, गुन्द्रुक, सिन्कीको अचार लगायत खाद्यपदार्थ हामीले सेवन गरिरहने भएकाले सप्लिमेन्ट लिनुपर्ने जरुरी हुँदैन ।
पेटको पाचन क्षमता बढाउँछ
समुचित खानपान र खाने सही तालिकाले पाचन क्षमतालाई राम्रो बनाउँछ । खानामा हरियो सागपात सामेल गर्नुपर्छ, जसमा उच्च फाइबर हुन्छ । यस किसिमको खानाले पाचनयन्त्र बलियो हुन्छ । एकसाथ धेरै खाना खानु हुँदैन, जो पचाउन गाह्रो हुन्छ । चिल्लो, तारेको, मसालेदार खानेकुरा पचाउन गाह्रो हुन्छ । त्यसैले यस्ता खानेकुराको सेवन कम मात्रामा गर्नुपर्छ । घरमा बनेको प्राकृतिक खानेकुराको सेवन गरियो भने पाचन प्रक्रिया राम्रो हुन्छ ।
रायमाझी खाद्य अनुसन्धान अधिकृत हुन् ।
समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७