

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ।
फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ। त्यहाँ उपनिर्वाचन गर्नुपर्छ। चितवन २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ।
आयोगले तीनवटै क्षेत्रमा एकै दिन निर्वाचन गर्ने तयारी गरेको आयुक्त रामप्रसाद भण्डारीले बताए। राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल तनहुँ १ का सांसद हुन्। त्यसैगरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। राष्ट्रपति निर्वाचनपछि यी दुईमध्ये एक क्षेत्र खाली हुनेछ।
उपराष्ट्रपतिको उम्मेदवारको टुंगो भने लागेको छैन। आयोगले उपनिर्वाचन गर्नुपर्ने क्षेत्रका लागि निर्वाचन सामग्री किन्नु नपर्ने जनाएको छ। मतपत्र छपाइ र कर्मचारीलगायत लागि एक निर्वाचन क्षेत्रमा करिब दुई करोड खर्च हुने आयोगको भनाइ छ। आयोगले राष्ट्रपति निर्वाचनका लागि मतपत्र छपाइसँगै सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७