TRENDING

अभिनेता पल शाह आज रिहा हुँदै

काठमाडौं । उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह ९पल शाह० आज रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।
शाहका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका अनुसार आज जिल्ला कारागार तनहुँबाट उनी रिहा हुने छन् । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएको वाग्लेले बताए ।

शाह सोमबार रिहा भएपछि काठमाडौं आउने बुझिएको छ । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।