

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा आज हङकङविरुद्ध मैदानमा उत्रँदा नेपाल लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । यूएईको अज्मानमा यो खेल नेपाली समयानुसार बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।
आज यही समयमा यूएईमै नेपाली सिनियर क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी ९पीएनजी० विरुद्ध खेल्दै छ ।
नेपाली युवा टिमले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएकोे थियो । दोस्रो खेलमा कुवेतमाथि २४३ रनको फराकिलो जित निकालेको थियो ।
कुवेतविरुद्ध नेपालका अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए । बलिङमा आकाश चन्दले ६ विकेट लिएका थिए । हङकङविरुद्ध पनि नेपाल सोही लय कायम राख्न चाहन्छ ।
दुई खेलबाट चार अंक जोडेको नेपाल अंकतालिकाको दोस्रो स्थानमा छ । आयोजक युनाइटेड अरब इमिरेट्स ९यूएई० समान खेलबाट समान अंकसहित शीर्ष स्थानमा छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७