

काठमाडौँ । सन् १९९५ मा आजकै दिन फेब्रुअरी २१ मा स्टिभ फोसेट बेलुनमा उडेर एक्लै प्रशान्त महासागर पार गरेका थिए । दक्षिण कोरियाबाट बेलुनमा चढेका उनी क्यानडाको लिडरमा उत्रेका हुन् ।
त्यस्तै, सन् २००२ मा उनले तातो हावा भरिएको बेलुनमा एक्लै उडेर विश्वको परिक्रमा गरी विश्व रेडर्क समेत कायम गरेका थिए । त्यसका साथै उनले विभिन्न साहसिक गतिविधिसम्बन्धी अन्य रेकर्डहरू समेत कायम गरेका छन् । उड्डयनसम्बन्धी उनले राखेका ९१ वटा रेकर्डमध्ये ३६ वटा हालसम्म पनि कायम छन् । त्यस्तै उनले नौकाबिहारसम्बन्धी २३ वर्टा विश्व रेकर्ड राखेका छन् ।
अमेरिकाको टेनसीमा सन् १९४४ को अप्रिल २२ मा जन्मिएका फोसेटको ६३ वर्षको उमेरमा २००७ को सेप्टेम्बर ३ मा दुर्घटनामा मृत्यु भएको थियो । उनी चढेको हलुका एयरक्राफ्ट अमेरिकी राज्यहरू नेभदा र क्यालिफोर्नियाबीचको ग्रेट बेसिन डेजर्टमा वेपत्ता भएको थियो । दुर्घटनामा परेको उक्त एयरक्राफ्ट २००८ मा पत्ता लागेको थियो ।
प्रवासबाट थप समाचार
भारतले हवाईमार्ग बन्द गरेपछि पाकिस्तान एयरलाइन्स समस्यामा
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
भारतले हवाईमार्ग बन्द गरेपछि पाकिस्तान एयरलाइन्स समस्यामा
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो
कोशीमा लगानी सम्मेलन, ७१ परियोजना सोकेसिङ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७