

काठमाडौँ । भावी राष्ट्रपतिका लागि कोसँग समीकरण बनाउने भन्ने सुझाव र निर्णय लिन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । औपचारिकताका लागि पार्टी बैठक आव्हान गरे पनि दाहालले एमालेबाहिरबाट राष्ट्रपति बनाउने ‘बटमलाइन’ बनाइसकेको स्रोतको भनाइ छ ।
यसैका लागि उनले कांग्रेससँग आइतबारबाट निर्णायक संवाद पनि थालेका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भावी राष्ट्रपति निर्वाचनमा सहकार्यको राजनीतिक मार्गचित्र कोरिएको छ । राष्ट्रपति निर्वाचनमा माओवादीको निर्णायक मत रहेकाले दाहालले एमाले र कांग्रेस दुवैलाई दबाबमा राखेर आफू अनुकूल ‘सफ्ट’ पात्रको खोजी गरिरहेका छन् ।
आइतबार राती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभापति देउवासहित कांग्रेस शीर्ष नेता र प्रधानमन्त्री दाहालबीच छलफल भएको थियो । भेटमा भावी राष्ट्रपतिको बिषय र आगामी सहकार्यबारे छलफल भएको थियो । त्यहाँ दाहालले कांग्रेस नेताहरुलाई समर्थन गर्न सकिने वचन दिएका छन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै माधव नेपालको नाम अघि सारे चाहिँ आफू के गर्ने भन्ने अन्योलमा पर्ने जवाफ कांग्रेस नेताहरुलाई दिएका थिए । नाटकीय रुपमा कुनै घटनाक्रम बदलाव नआएको अवस्थामा दाहाल एमाले बाहिरको राष्ट्रपतिको अडानमा अब कायम रहने उनीनिकट नेताहरुले बताएका छन्।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७