TRENDING

चितवन २ को उपनिर्वाचनका लागि तयारी बढाइयो

काठमाण्डौँ । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गर्न तयारी अघि बढाएको छ । आयोगले उपनिर्वाचनको मिति घोषणासँगै निर्वाचनका लागि तयारी अघि बढाएको हो ।

आयोगले निर्वाचन तालिकाअगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित निर्वाचन कार्यालयलाई परिपत्र पठाएको थियो । आयोगका अनुसार अहिले जिल्लाको निर्वाचन कार्यालयले मतदाता नामावलीको अद्यावधिक गर्ने कार्य गरिरहेको छ ।

कार्यालयले फागुन १ मतदाता नामावली अद्यावधिक कार्य थालेको हो । यो कार्य यही चैत्र १६ गतेसम्म निरन्तर सञ्चालन हुनेछ । यस अवधिमा मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममितिलगायत विवरणलाई सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी त्रुटि सच्याउने पनि आयोगले जनाएको छ ।