

एजेन्सी । टर्कीमा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परेको उद्धार अझै जारी छ।
रोयटर्सका अनुसार शक्तिशाली भूकम्प गएको ८ दिनपछि उद्धारकर्ताहरूले मंगलबार भूकम्प प्रभावित क्षेत्रहरूको भग्नावशेषबाट कम्तिमा ७ जनालाई जिवितै उद्धार गरेका छन्।
सीएनएनका अनुसार भूकम्प गएको करिब १९८ घण्टापछि दक्षिणी टर्कीस्थित एउटा भवनको भग्नावशेषबाट १८ वर्षीय मोहम्मद क्याफरलाई जिवितै उद्धार गरेका छन्।
यस्तै युक्रेनी उद्धारकर्मीहरूले दक्षिणी टर्की प्रान्त हातेस्थित भवनको भग्नावशेषबाट एक महिलालाई जिवितै उद्धार गरी अस्पताल पठाएका छन्। सोही प्रान्तबाट उद्धारकर्मीले थप २ महिलाको जिवितै उद्धार गरेका छन्।
यस्तै उद्धारकर्मीले छिमेकी कहरामनमारस प्रान्तस्थित एक अपार्टमेन्टको भग्नावशेषबाट दुई दाजुभाइलाई जिवितै उद्धार गरेका छन्।
सरकारी स्वामित्वको अनादोलु समाचार एजेन्सीका अनुसार १७ वर्षीय मोहम्मद एनेस येनिनार र उनको दाजु २१ वर्षीय बाकी येनिनारलाई उद्धार गरी अस्पताल पुर्याएको हो।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७