

काठमाडौं । महाशिवरात्री विदाको अवसर पारेर फागुन ५ देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘फूलबारी’को अग्रिम बुकिङ खुल्ला गरिएको छ ।
रामबाबु गुरुङ निर्देशित सिनेमाको आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको छ । केही हल भने शो खोल्ने तरखरमा छन् ।
पारिवारिक कथामा निर्मित सिनेमामा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।
उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटारअनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।
यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।
हिट निर्देशक, चर्चित कलाकार, पारिवारिक कथा, सार्वजनिक विदा र ट्रेलररसंगीतको हाइप सिनेमा चल्ने मुख्य आधार हुन् । ’महापुरुष’ यता सुख्खा रहेको बक्सफिस ’फूलबारी’ले लयमा ल्याउने अपेक्षा गरिएको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७