

एजेन्सी । टर्की र सिरिया भूकम्पमा परि अहिलेसम्म ३३ हजार जनाभन्दा धेरैको ज्यान गएको पुष्टि भएको छ । सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण अहिलेसम्म टर्कीमा २९ हजार ६ सय ९५ र सिरियामा ३ हजार ५ सय जनाको ज्यान गएको पुष्टि भएको रोयटर्सले जनाएको छ ।
भूकम्पमा अझै कयौँ बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । भूकम्प गएको एक हप्ता भइसक्दा पनि हराइरहेका धेरैजसो भेटिएका छैनन् । तर, यस बीचमा कतिपयको भने जीवितै उद्धार भइरहेको छ । अत्यधिक चिसो र भग्नावशेषमा पुरिएकाले जीवित भेटिने सम्भावना कम भइरहेका बेला पनि कतिपयको जीवितै उद्धार भएकाले केही आशा भने छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ । भूकम्पबाट १४ लाख बालबालिकासहित झण्डै २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना रहेको विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७