TRENDING
होमपेज
अब जहाजमा उडिरहेका बेला इन्टरनेट चलाउन पाइने


काठमाडौ । जहाजमा उडिरहँदा अब मोबाइल फोन र इन्टरनेट सेवा चलाउन पाइने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार इनफ्लाइट कम्युनिकेसनु सम्बन्धी अन्तरिम निर्देशन जारी गरेको छ जसअनुसार यो सेवा पाइने भएको हो।
अहिलेको व्यवस्थाअनुसार नेपाली आकाशमा जहाजमा उडिरहँदा यात्रुहरूले आफ्नो मोबाइल वा अन्य विद्युतीय उपकरण फ्लाइट मोडु मा राख्न अनिवार्य गरिएको छ।
इनफ्लाइट कम्युनिकेसन (आइएफसी) सेवामार्फत यात्रुहरूले जहाजमा उडिरहेको बेला पनि मोबाइल चलाउन र इन्टरनेट प्रयोग गर्न पाउने भएका प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले बताए।
आइएफसी सेवा प्रदायक कम्पनीहरूले विमानभित्र इन्टरनेट सेवा उपलब्ध गराउँछन्। यस्तो सेवा लिएका जहाजहरूले अब यात्रुलाई वाइफाइ सुविधा दिन सक्ने छन्।
वाइफाइ भएपछि यात्रुहरूले इन्टरनेटका सबै सुविधा प्रयोग गर्न पाउने छन्।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७