

काठमाडौ । रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुने भएको छ।
लुम्बिनी प्रदेशतर्फ एक राष्ट्रिय सभा सदस्य पद रिक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो। तत्कालीन राष्ट्रिय सभा सदस्य नेकपा एमालेका खिमलाल भट्टराईले असोज २३ मा राजीनामा दिएसँगै उक्त पद रिक्त थियो।
आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बताए।
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ। गतदान सकिएपछि गणना गरिने र परिणाम आजै सार्वजनिक गर्ने तयारी छ।
उपनिर्वाचनका लागि तीन दलबाट एक(एक जनाले उम्मेदवारी दिएका छन्। गत माघ ११ मा उम्मेदवारी दर्ता भएको थियो।
नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य, नेकपा एमालेबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७