

काठमाडौं । मिस नेपाल २०२३ को देशव्यापी अडिसन इटहरीबाट सुरुवात हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले शनिबार अडिसन हुन लागेको जनाएको छ । जसका लागि बिहीबार मिस नेपालको टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।
इटहरीको होटल मादेन इनमा हुने अडिसनमा सहभागी हुन इच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारी छ । इटहरीपछि वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा मार्च १५ सम्म क्षेत्रीय अडिसन हुने उल्लेख छ । सबैभन्दा अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी छ ।
अघिल्लो संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्याउन क्षेत्रीय अडिसनको थालनी गरेको थियो । जसकारण अघिल्लो संस्करणमा मात्र ७०० आवेदन प्राप्त भएको थियो । क्षेत्रीय अडिसनमा पनि मिस नेपाली प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का सहभागी हुनेछन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७