

काठमाडौं । गत राती १२ बजे देखी लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजे देखि लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपियाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुुगेको छ ।
निगमका अनुसार खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको राखिएको छ । जसअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर १८०० रुपियाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपियाँ रहेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले गत १ फेबु्रअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ मूल्य बृद्धी भएर आएको थियो तर निगमले भने हाललाई तीन रुपैयाँ मात्रै बढाएको छ । आईओसीले मुल्य बृद्धी भएको सुची पठाए पछि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गर्नु परेको निगमको भनाई छ ।
पेट्रोलियम पदार्थ खरिद गरे बापत आईओसीलाई १६ अर्ब ३० करोड रुपियाँ भुक्तानी गर्नुपरेको र साथै, उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनुु परेको निगमको भनाई छ ।
आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्नेगर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७