

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो । भारतसँग पराजित भएको खण्डमा नेपाल उपाधि होडबाट बाहिरिनेछ । बराबरी खेलेको खण्डमा बंगलादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ । भारत ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत बराबरीको नतिजाले पनि फाइनल पुग्नेछ । पहिलो खेलमा भुटानलाई फराकिलो अन्तरले हराएको भारतले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बंगलादेश खेल्नेछन् । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भुटान दुई खेलमा अंक विहीन रहदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७