TRENDING
होमपेज
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड


काठमाडौ । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज तोलामा सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो । यसअघि गएको १२ गते सुनको भाउ बढेर तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको थियो ।
हिजो सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । हिजोको भाउभन्दा आज सुन तोलामा १ हजार २ सय रुपैयाँले धेरै हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
विश्वमा आर्थिक स्थिरता नहुँदा लगानी सुरक्षित हुन सकेको छैन । सुरक्षित लगानीका लागि सुनमा लगानी बढेकाले अहिले सुनको माग र कारोबार बढ्दा भाउ बढेको महासङ्घको भनाइ छ ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७