

पेशावर । उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र १५० भन्दा बढी घाइते भएका छन् ।
प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणहरू लगातार बढिरहेको छ । मङ्गलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, ‘म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ , मैले बाँच्नको लागि सबै आशा गुमाएको थिए ।’
पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको सङ्ख्या ९० पुगेको एएफपीलाई बताउनु भएको छ । १५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् ।
सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई भने कि मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए, जसमध्ये ३०० देखि ४०० जना कम्पाउण्डको मस्जिदमा प्रार्थनाका लागि भेला भएका बताउनु भएको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७