TRENDING
होमपेज
विकास ऋणपत्रमार्फत ८ अर्ब आन्तरिक ऋण उठाइँदै


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ ।
नेपाल सरकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले मंगलबार ५ वर्ष अवधिको ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो ।
विकास ऋणपत्र २०८४ ‘झ’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल १७ माघ मंगलबार हुनेछ भने निष्कासन १८ माघमा हुने राष्ट्र बैंकले जनाएको छ ।
विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । देश विकासका लागि सरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमका ऋणपत्रहरु जारी गर्ने गर्दछ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७