TRENDING
होमपेज
भारतमा दुई लडाकु विमान दुर्घटना


एजेन्सी । भारतको मध्यप्रदेशमा वायुसेनाका लडाकु विमान ठोक्किए छन्। वायुसेनाको सुखोई–३० र मिराज २००० विमान शनिबार एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ।
दुबै ग्वालियर एयरबेसबाट उडेका थिए। एउटा भरतपुर र अर्को मुरैनामा खस्ने सम्भावना रहेको बताइएको छ। प्रारम्भिक जानकारीअनुसार विमान भरतपुरमा खसेको बताइएको छभने अर्को विमानभने मोरेना नजिकै दुर्घटना भएको बताइएको छ।
अहिले घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरु पुगेका छन्। घटनास्थलमा स्थानीयहरुको भीड जम्मा भएको छ।
प्रत्यक्षदर्शीहरुका अनुसार विमानमा आकाशमै आगो लागेको थियो र जलिरहेको लडाकु विमान खसेको थियो।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७