

काठमाडौँ । गत मंसिरसम्म नेपालमा रहेको कुल विदेशी विनिमय सञ्चितिले ८।७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको वित्तीय प्रतिवेदनअनुसार गत मंसिर महिनासम्मको विदेशी मुद्रा सञ्चितिले वस्तु आयात १० महिनाको धान्न सक्छ भने वस्तु र सेवा दुवैको आयात ८।७ महिनाको धान्न पुग्नेछ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी मुद्रा सञ्चित कायम गर्ने लक्ष्य लिएको थियो । पछिल्लो समय विदेशी रेमिट्यान्स बढेसँगै विदशी मुद्रा सञ्चिति बढेको छ भने आयात घटेको छ । यसरी मुलुकमा रहेको सञ्चित विदेशी मुद्राले धान्ने आयातको अवस्थामा सुधार देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार हाल ९ अर्ब ४२ करोड अमेरिकी डलर बराबर अर्थात १२ खर्ब ९२ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित छ । असार मसान्तसम्मको तुलनामा मंसिर मसान्तसम्म आउँदा सञ्चिति नेपाली रुपैयाँमा ६।३ प्रतिशतले र अमेरिकी डलरमा भने ३ प्रतिशतले बढेको छ ।
सरकारले यसअघि विदेशी मुद्रा सञ्चिति घटेपछि गत मंसिर मसान्तसम्मका लागि निजी चार पांग्रे सवारी साधन, तयारी विदेशी मदिरा, १५० सीसी माथिका मोटरसाइकल र ३ सय डलर माथिका स्मार्टफोन आयातमा मंसिर मसान्तसम्म प्रतिबन्ध लगाएको थियो । राष्ट्र बैंकले पनि करिब १६ सय वस्तुको आयातका लागि प्रतितपत्र खोल्दा नगद मार्जिनको व्यवस्था गरेको थियो । अहिले त्यो सबै व्यवस्था खारेज भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७