

पोखरा । काठमाडौंबाट आएको यती एअरलाइन्सको विमान दुर्घटना भएकै दिन पोखरा रंगशालामै एकजनाको ज्यान जाने गरी अर्को ‘दुर्घटना’ भएको थियो ।
तर, उक्त घटना विमान दुर्घटनाका कारण छायाँमा पर्यो । विमान दुर्घटना भएकै दिन दिउँसो रंगशाला क्षेत्रमा घाँस काट्न गएका बेला ५९ वर्षीय पूर्णकाजी गुरुङको पनि सेती खोंचमै खसेर मृत्यु भएको थियो । स्रोतका अनुसार गुरुङको रंगशालाको पर्खाल नाघेर सेती डिलमा घाँस काट्दै गर्दा करिब २ सय मिटर तल खोंचमा खसेर मृत्यु भएको थियो ।
स्रोतका अनुसार समयमै उद्धार भएको भए गुरुङको ज्यान बचाउन सम्भव हुन्थ्यो । तर, खेलकुद समितिले ढिलो गरी जानकारी पाउँदा उनको मृत्यु भइसकेको थियो । ‘जानकारी आएपछि म आफैं घटनास्थल पुगेको थिएँ । २ सय मिटर जति तल खसेका रैछन् । जानकारी भएको भए छिटो उद्धार गर्न सक्ने सम्भावना थियो,’ राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङ स्वीकार्छन् ।
मान्छेको ज्यानै जाँदा पनि समयमै थाहा पाउन नसक्नुले रंगशालाको सुरक्षा व्यवस्था र व्यवस्थापन छर्लङ हुन्छ ।
पोखरा रंगशालाको व्यवस्थापन तथा सुरक्षामा ध्यान नदिँदा अहिले त्यहाँ भएका अधिकांश शौचालयका धारा चोरी भएका छन् । यसको श्रृंखला २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपदेखि सुरु भएको थियो । आहारारा पोखरा गोल्डकप खेलका दौरान रंगशालास्थित फुटबल स्टेडियमका शौचालयबाट ११ वटा धाराका टुटी चोरी भएको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७