TRENDING
होमपेज
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु


एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा भएको अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको ज्यान गएको छ । कम्तीमा अरु १० जना घाइते भएका छन् । स्थानीय समय अनुसार शनिवार राति १० बजेर २० मिनेटमा गोली प्रहार भएको बीबीसीले जनाएको छ ।
लुनार नयाँ वर्षका अवसरमा रमाइलो गर्न हजारौं मानिस भेला भएको बेला गोली प्रहार भएको क्यालिफोर्नियाको प्रहरीले जनाएको छ । लुनार नयाँ वर्षको एक हप्ता लामो उत्सव मनाउन हजारौँ व्यक्तिको उपस्थिति थियो । राति उत्सव सकिनुभन्दा केही मिनेट अघि मात्र गोली चलेको प्रहरीले जनाएको छ ।
एक जना पुरुषले मेसिनगनबाट गोली चलाएको अनुमान् रहेको र अनुसन्धान भैरहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गोली चलाउने व्यक्ति तथा गोली चलाउनुको कारण नयाँ वर्षको उत्सवसँग सम्बन्धित रहेको नदेखिएको पनि प्रहरीले जनाएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७