

ललितपुर । भारतको आसाममा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय खुला क्योकुशिन कराते फुल कन्ट्याक्ट प्रतियोगितामा नेपालले २ स्वर्ण पदक जितेको छ। आसामको गुवाहटीमा दुई दिन चलेको प्रतियोगितामा नेपालले थप पाँच रजत र आठ कास्य पदक समेत हात पार्यो।
१६ वर्ष उमेर समूहमा किरण माझी र ५५ केजी तौल समूहमा मनिष कार्कीले स्वर्ण पदक जितेको पदाधिकारी रमेश तामाङले जानकारी दिए । १६ वर्षको समूह र ५५ केजी तौल समूहमै नेपाललाई रजत र कास्य पदक हात परेको छ।
१६ वर्ष उमेर समूहका सुजित गुरुङले रजतपदक र अब्दुल सिद्दिकले कास्य पदक हात पारेका छन्। यसैगरी ५५ केजी तौल समूहमा विजय नगरकोटीले रजत र ,राम बहादुर रानामगरले कास्य पदक जिते।
आठ वर्षको उमेर समूहको फाइटमा उत्कृष्ट प्रदर्शनीसहित सृष्टि अधिकारीले रजत पदक जित्दा १२ वर्ष उमेर समुहमा स्नेहा दासले कास्य पदक दिलाइन्। यसैगरी १४ वर्ष उमेर समुहमा प्रतीक श्रेष्ठले कास्यका साथै महिला ५५ केजी तौल समूहमा बुद्धिमाया आशा घलान ले कास्य जितिन्।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७