

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तहको शिक्षक पदको नतिजा बाजुरा, अछाम, डोटी र कन्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनि गरेको नतिजा अनुसार बाजुरा जिल्लाको लागि ७३ रिक्त दरबन्दीको लागि जम्मा ६५ जना मात्र उत्तीर्ण भएका छन् । ८२ जना परीक्षामा सहभागी भए पनि माग अनुसार ८ रिक्त दरबन्दीमा शिक्षक उत्तीर्ण हुन नसकेको देखिन्छ । अछाम जिल्लामा पनि दुई रिक्त दरबन्दीमा उत्तीर्ण हुन सकेनन् । १३७ रिक्त दरबन्दीको लागि १९० जना शिक्षकले परीक्षा दिएपनि १३५ जना मात्रै उत्तीर्ण भएका छन् ।
त्यस्तैगरी डोटी जिल्लाको १४८ रिक्त दरबन्दीको लागि १३४ जना मात्रै उत्तीर्ण भएकोले १४ दरबन्दी पुन रिक्त हुने भएको छ ।
परीक्षामा भने ३०९ जना सहभागी भएको आयोगले जनाएको छ । कञ्चनपुर जिल्लाको लागि भने ७६ रिक्त दरबन्दीको लागि ८० जना उत्तीर्ण भएका छन् । परीक्षामा २१८ जना सहभागी भएका थिए ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७