

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय बीबीएस चौथो वर्षका परीक्षार्थी नतिजाको व्यग्र प्रतीक्षामा थिए । यहीबीच त्रिवि परीक्षा नियन्त्रण कार्यालयले दमक बहुमुखी क्याम्पसको परीक्षार्थी सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५१ सम्म ‘रिसर्च मेथडलजी’ विषयको उत्तरपुस्तिका हराएको पत्तो पायो ।
त्यसपछि नतिजा रोकेर कार्यालयले क्याम्पससँग समन्वय गरी गएको पुस २३ गते पुनः परीक्षा लिएको छ ।
जसका कारण गत वर्ष पुस २० बाट माघ ४ सम्म परीक्षा दिएर नतिजा कुरिरहेका स्नातक तहका विद्यार्थी थप निराश भएका छन् ।
दुई दिन अगाडि सूचना दिएर परीक्षा दिन लगाइएको छ र जाँचमा कति सामेल भए भन्ने यकिन छैन,’ नेविसंघ त्रिवि समितिका निवर्तमान सचिव योगन्द्र रावल भन्छन्, ‘त्रिविले विद्यार्थीको भविष्यमाथि बारम्बार खेलबाड गर्दै छ । दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’
माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी त्रिविका अध्यक्ष प्रदीप भट्टले परीक्षा नियन्त्रक पुष्पराज जोशीले गम्भीर लापरबाहीको जिम्मेवारी लिएर तत्काल नतिजा प्रकाशन गर्ने प्रतिबद्धता जनाएको बताए । ‘परीक्षा नियन्त्रक पुष्पराज जोशी स्वयं उपस्थित भएर जाँच गराइएको छ,’ उनले भने, ‘पुनः परीक्षा लिएको दस दिनभित्र नतिजा प्रकाशित गराउँछु भनेर नियन्त्रकले प्रतिबद्धता जनाउनुभएकाले हामी धैर्य गरी बसेका छौं ।’
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७