TRENDING

बाग्मतीमा २५ गतेभित्र सरकार बनाउनुपर्ने भएपछि सत्तारुढ दलहरु अप्ठ्यारोमा

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन् । यससँगै सत्तारुढ दलहरु अप्ठ्यारोमा परेका छन् ।

सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व र मन्त्रालय भागवण्डा भइसकेको छैन । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र त्यसपछि केन्द्र र प्रदेशको भागवण्डा टुंग्याउने तयारी थियो ।
एमाले र माओवादीका नेताहरुले बाग्मतीमा पनि त्यसअनुसार नै सरकार गठनको प्रक्रिया अघि बढोस् भन्ने चाहेका थिए ।

किनकी एमाले र माओवादी मात्र मिलेर सरकार बन्दैन । राप्रपाको समर्थन अनिवार्य छ । राप्रपाले केन्द्रमा सरकारलाई समर्थन गर्ने बताएपनि सहभागी हुने वा नहुने टुंग्याएको छैन । प्रदेशमा पनि निर्णय भएको छैन । सरकारमा सहभागी भएको अवस्थामा बाग्मती प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिने सम्भावना छ ।