

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने कि नहुने भन्ने पुस २७ मा सार्वजनिक बिदा हुन्छ कि हुन्न भन्ने विषयले निधो गर्ने भएको छ । राप्रपाका नेताहरूले सरकारले पुस २७ लाई पृथ्वी जयन्तीका रूपमा मनाएर सार्वजनिक बिदा दिएमा सरकारमा सहभागिताका लागि बाटो खुल्ने बताइरहेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री नियुक्त गर्नका लागि राष्ट्रपति कार्यालयमा १४ सांसदको हस्ताक्षर बुझाएको राप्रपाले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा भने सर्त राखेको थियो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पुस २७ गते सरकारले सार्वजनिक बिदा दिएमा मन्त्रिपरिषद्मा सहभागिताबारे राप्रपाले थप छलफल गर्ने बताए ।
राप्रपा मन्त्रिपरिषद्मा सहभागी हुने कि नहुने भन्ने बटमलाइन पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा बिदा दिनुपर्छ भन्ने भन्ने बटमलाइन हो । त्यो बाहेक राष्ट्रियता, विकास, सेवा प्रवाहलगायतका विषय रहेका छन्,ु प्रवक्ता श्रेष्ठले भने । उनले राप्रपाले यसअघि सार्वजनिक रूपमा राखेका सर्तमा पार्टी कायमै रहेको बताए ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७