

भैरहवा । लुम्बिनीकै आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास गरिएको यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिना पूरा भएको छ । प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी छेउमा निर्मित विमानस्थल अझै ढुक्कसाथ सञ्चालन हुन सकेको छैन ।
सरकारले अन्तर्राष्ट्रिय विमान कम्पनी आकर्षित गर्न विभिन्न सेवा शुल्कमा छुट प्रदान गरेको छ । यहाँ उडान भर्ने विमान कम्पनीको संख्या भने वृद्धि हुन सकेको छैन ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत जेठ २ मा बुद्ध जयन्तीका अवसर पारेर विमानस्थल उद्घाटन गरेका थए । त्यही दिनबाट कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान थालेको थियो । वैदेशिक रोजगारीका लागि काठमाडौंमा श्रमलगायत प्रक्रिया पूरा गरेका श्रमिकलाई उक्त एयरले यहाँबाट लैजाने र उताबाट त्यस्तै व्यक्ति ल्याउने गरेको थियो । यहाँबाट उडान हुन थालेपछि स्थानीय सरोकारवाला र निजी क्षेत्रका लगानीकर्ता उत्साहित थिए ।
विमान कम्पनीलाई यात्रुको अभाव नभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए । उनका अनुसार यात्रुको संख्या वृद्धि भएपछि जजिरा एयरले गत भदौ ३१ बाट दैनिक उडान सुरु गरेको थियो ।
‘स्थानीयस्तरमा वैदेशिक रोजगारीमा जानेका लागि श्रम कागजात, मेडिकल जाँचलगायत सुविधा नहुँदा समस्या भयो,’ उनले भने, ‘आवश्यक प्रक्रिया काठमाडौंमा पूरा गरेर जहाज चढ्न भैरहवा आउनुपर्ने भएपछि यात्रुलाई अप्ठ्यारो थियो ।’ जसले गर्दा जजिराले गत असोज १६ बाट फेरि केही दिन बिराएर उडान गर्न थालेको दाहालको भनाइ छ ।
हिमालयन एयरलाइन्सले गत कात्तिक १७ देखि यहाँबाट प्रतिदिन मलेसिया चार्टर्ड उडान सुरु गरेको थियो । ‘अहिले खराब मौसमका कारण जजिरा र हिमालयनले केही समयका लागि उडान स्थगन गरेका छन्,’ दाहालले भने, ‘हुस्सु र बाक्लो कुहिरोले गर्दा उडान, अवतरणमा समस्या भएको हो ।’
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७